×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइक्यानको २८औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न, ८१ तस्विरमा हेर्नुहोस् कार्यक्रमका खास झलक… (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

आइक्यानको २८औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न, ८१ तस्विरमा हेर्नुहोस् कार्यक्रमका खास झलक… (तस्विरहरु)

Artha Sarokar

१८ माघ २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को २८औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । बिहीबार काठमाडौँको बानेश्वरस्थित होटल एभरेष्टमा आइक्यानको वार्षिकोत्सव कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो । वार्षिकोत्सव कार्यक्रमको उद्‌घाटन उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले गरेका थिए ।

कार्यक्रमको उद्‌घाटन गर्दै अर्थमन्त्री पौडेलले आइक्यानलाई २८औँ वार्षिकोत्सवको शुभकामना दिँदै सार्वजनिक वित्त व्यवस्थापन सुधारमा चार्टर्ड एकाउन्टेन्ट (सिए)को भूमिका महत्वपूर्ण हुने बताएका थिए ।

कार्यक्रममा आइक्यान र सिएहरुको भूमिकाबारे प्रशंसा गर्दै अर्थमन्त्री पौडेलले मुलुकको कर प्रणालीमा सुधार र राजस्व अभिवृद्धिका लागि चार्टर्ड एकाउन्टेन्टसँग सरकारले महत्वपूर्ण सहकार्यको अपेक्षा गरेको उल्लेख गरेका छन् ।

त्यस्तै, कार्यक्रममा अर्थमन्त्रीले आइक्यानको आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेका थिए भने आइक्यानका अध्यक्ष प्रविण कुमार झाले उक्त वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वार्षिकोत्सवको अवसरमा आइक्यानले ७औँ दीक्षान्त समारोहसमेत सम्पन्न गरेको छ । त्यस्तै, कार्यक्रममा AML/CFT and Transfer Pricing कन्फरेन्स पनि आयोजना गरिएको थियो । कार्यक्रममा आइक्यानका पदाधिकारी, पूर्व अध्यक्ष, पूर्व पार्षद्, काउन्सिल सदस्य तथा चार्टर्ड एकाउन्टेन्टहरुको सहभागिता रहेको थियो । बाँकी तस्विरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी