काठमाडौँ । भारतीय मूलका जगदीप सिंह विश्वकै सबैभन्दा धेरै तलब लिने कर्मचारी बनेका छन् । मनी कन्ट्रोलका अनुसार सन् २०२४ मा उनी विश्वकै सबैभन्दा धेरै तलब लिने कर्मचारी बनेका हुन् ।
सिंह विद्युतीय गाडीका लागि आवश्यक ब्याट्री उत्पादक कम्पनी क्वान्टमस्केपका संस्थापक र सीईओ हुन् ।
उनले पछिल्लो एक वर्षमा तलबबापत २८ हजार करोड रुपैयाँ भुक्तानी लिएका छन् । यसअनुसार सिंहको एक दिनको कमाई ६४ करोड रुपैयाँ रहेको छ । योसँगै उनी विश्वकै सबैभन्दा धेरै तलब लिने व्यक्ति बनेका छन् ।
सिंहले अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयमा बीटेकको अध्ययन गरेका हुन् भने क्यालिफोर्निया विश्वविद्यालय बर्कलेबाट एमबीए गरेका छन् । एक दशकभन्दा बढी समय विभिन्न कम्पनीको प्रमुखको जिम्मेवारी निर्वाह गरेका सिंहसँग ब्याट्री सम्बन्धी राम्रो विशेषज्ञता छ । आवश्यक विशेषज्ञता हासिल गरेपछि उनले आफ्नै कम्पनी सुर गरेका हुन् ।