काठमाडौँ । भारतीय सेयर बजारमा सबैभन्दा महँगो एलसीड इन्भेष्टमेन्टको सेयर भाउमा भारी गिरावट आएको छ । पछिल्लो ७० दिनको अवधिमा कम्पनीको सेयर मूल्य एक लाख ८० हजार भारतीय रुपैयाँले घटेको हो ।
गत नोभेम्बर ८ मा उक्त कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३ लाख ३० हजार ४ सय ७३ रुपैयाँ थियो । तर, जनवरी १७ सम्ममा कम्पनीको सेयर मूल्य ५५ प्रतिशतले घटेको छ ।
यो समाचार तयार पार्दासम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ लाख ४९ हजार ६ सय ४९ रुपैयाँमा कारोबार भइरहेको छ । भारतीय सेयर बजारमै सबैभन्दा महँगो भनिएको कम्पनीको सेयर मूल्य ह्वात्तै घटेपछि लगानीकर्ताले ठूलो आर्थिक क्षति व्यहोरेका छन् ।
यसो त पछिल्लो केही समययता भारतीय सेयर बजार ओरालो गतिमा देखिएको छ । भारतीय सेयर बजार घट्नुको पछाडि एलसीडको सेयर मूल्य घट्नु भएको जानकारहरुले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्