×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोर्सफोर्स लगाउन खोजे स्वतः ‘डिस्क्वालिफाइड’ गरिदिने `धम्की´सहित इन्भेस्टमेन्ट मेगाले खुलायो २ जनालाई जागिर !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

सोर्सफोर्स लगाउन खोजे स्वतः ‘डिस्क्वालिफाइड’ गरिदिने `धम्की´सहित इन्भेस्टमेन्ट मेगाले खुलायो २ जनालाई जागिर !

Artha Sarokar

२१ पुष २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सोर्सफोर्स लगाउन खोजे स्वतः ‘डिस्क्वालिफाइड’ गरिदिने `धम्कीपूर्ण भाषा´ राखेर नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले २ जनाका लागि जागिर खुलाएको छ । बैंकले मेनेजमेन्ट ट्रेनीका लागि मात्र दुई जनाले जागिर पाउनेगरी जागिर खुलाएको हो ।
बैंकले वातावरण विज्ञानमा माष्टर्स पास गरेका, ३० बर्ष ननाघेका, अंग्रेजी राम्रोसँग बोल्न जानेका, राम्रो पर्सनालिटी भएका र वातावरणसम्बन्धि कानुनको राम्रो जानकार भएका २ जनाका लागि जागिर खुलाएको हो । यति धेरै योग्यता चाहिने भए पनि बैंकले खुलाएको जागिर भने इन्ट्री लेभलको हो ।
यसअघि खुलाइएका भ्याकेन्सीमा अत्याधिक सोर्सफोर्स आउन थालेपछि बैंकले यसपाली भने सोर्सफोर्स लगाउन खोज्नेलाई सिधै डिस्क्वालिफाइड गरिदिने धम्कीसहित सूचना निकालेको छ । यसअघिको एक भ्याकेन्सीमा एक बर्ष कुराउनसमेत पाइने प्रावधान राखेको बैंकले यसपटक सो प्रावधान भने हटाएको छ । बैंक सार्वजनिक भ्याकेन्सीमै यस्ता अनेक प्रावधान राख्ने कुरामा निकै अगाडी छ ।
केहि समय अगाडी बैंकका कर्मचारीले बैंकले दिएको टर्चरकै कारण आत्महत्या गरेको विषय चर्चामा आएको थियो भने त्यसअघि बैंकका हाकिमले दिएको टर्चरले कर्मचारीलाई हृदयघात भएको विषय पनि सतहमा आएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी