Skip to content
LAXMI SUNRISE BANK

‘नेप्सेका कर्मचारीले सेयर कारोबार गर्नू ठिक होइन’ (अन्तर्वार्ता) 

अर्थ सरोकार

काठमाडौँ । सेयर बजारका लगानीकर्ता तथा प्राविधिक विश्लेषक अजयसिंह थापा (जय शम्भो) ले नियमनकारी निकायमा काम गर्ने कर्मचारीले सेयर कारोबार गर्नु ठिक नभएको बताएका छन् । अर्थ सरोकारको साप्ताहिक कार्यक्रम ‘सेयरबाणी’ मा बोल्दै उनले सेयर बजारको नियमन गर्ने निकायका कर्मचारी नै सेयर कारोबारमा संलग्न नहुने बताएका हुन् । 

जुन निकायले सेयर बजार सुधारका लागि काम गर्नुपर्ने हो, जुन निकायले बजारमा हुने चलखेल न्यूनिकरणमा भूमिका खेल्नुपर्ने हो त्यही निकायमा काम गर्ने कर्मचारी कारोबारमा संलग्न हुँदा उक्त निकायले उद्देश्य अनुसारको काम गर्न नसक्ने थापाले बताएका छन् । 

‘नेप्से, ब्रोकर कम्पनीमा फूल टाइम काम गर्ने कर्मचारीले सेयर कारोबार गर्नु ठिक होइन । अन्य देशमा यस्तो अभ्यास पनि छैन ।’, थापाले भने, ‘कुनै पनि कम्पनीको सेयर बजार सम्बन्धित सूचना सबैभन्दा पहिला नेप्सेमै जाने हो । यस्तो अवस्थामा नेप्सेकै कर्मचारी सेयर कारोबारमा लागेपछि सेयर बजार फेयर हुँदैन ।’ 

त्यस्तै, थापाले नेप्से, ब्रोकर र सेबोनजस्ता नियमनकारी निकायका कर्मचारीले सेयर कारोबार गर्नु ठिक नभएको दाहोर्याउँदै यसमा नियमन गर्न सके र नियमनकारी निकायका कर्मचारी सेयर कारोबार गर्न नपाउने गरि रोक्का लगाए बजारको दीर्घकालीन विकासमा मद्दत पुग्ने पनि थापाले बताएका छन् । थापासँग गरिएको थप कुराकानी भिडियोमा हेर्नुहोस्ः 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK