काठमाडौँ । लुम्बिनी विश्वका घुम्नैपर्ने सूचीको नवौँ नम्बरमा परेको छ । विश्व चर्चित पत्रिका अमेरिकाको ‘द न्युयोर्क टाइम्स’ ले सार्वजनिक गरेको सन् २०२५ मा घुम्नैपर्ने विश्वका उत्कृष्ठ ठाउँको नवौँ नम्बरमा लुम्बिनीलाई राखेको हो ।
‘द न्युयोर्क टाइम्स’ले हजारौँ वर्षअघि मायादेवी नामकी रानीले लुम्बिनीको बगैँचामा सिद्धार्थ गौतमलाई जन्म दिएको उल्लेख गरेको छ ।
पत्रिकाले लुम्बिनी नेपालको प्राचीन पुरातात्त्विक स्थल भएको र त्यहाँ ऐतिहासिक भग्नावशेष तथा जीवन्तकला रहेको पनि लेखेको छ । सँगै पत्रिकामा लुम्बिनी बौद्ध आस्थाको मुख्य केन्द्र र तीर्थस्थल भएको पनि उल्लेख गरिएको छ ।
त्यस्तै, न्यूयोर्क टाइम्सको घुम्नैपर्ने उत्कृष्ट गन्तव्यको सूचीको पहिलो नम्बरमा इंग्ल्याण्डको जेन अस्टिन, इक्वेडरको ग्यालापागोस द्वीप, न्यूयोर्क म्युजियम, भारतको आसाम, थाइल्याण्डको ह्वाइट लोटस लगायत छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्