×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंकका सीईओलाई भत्तासहित एक वर्षमा पौने २ करोड भुक्तानी, सञ्चालकको भत्तामा २१ लाख खर्च

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

माछापुच्छ्रे बैंकका सीईओलाई भत्तासहित एक वर्षमा पौने २ करोड भुक्तानी, सञ्चालकको भत्तामा २१ लाख खर्च

Artha Sarokar

२२ पुष २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई एक वर्षमा तलब भत्ताबापत पौने २ करोड रुपैयाँ भुक्तानी गरिएको छ । बैंकले गत आर्थिक वर्षमा मात्रै बैंकका सीईओलाई तलब भत्ताबापत कुल १ करोड ८६ लाख ८१ हजार रुपैयाँ भुक्तानी गरेको हो ।

जसमध्ये तलब बापत मात्रै सीईओलाई ७४ लाख १९ हजार रुपैयाँ भुक्तानी गरिएको छ ।

त्यस्तै, भत्ता बापत ६७ लाख २० हजार, सुविधा बापत १६ लाख ३४ हजार र बोनस भत्ता बापत २९ लाख ७ हजार रुपैयाँ भुक्तानी गरिएको बैंकले जनाएको छ । बैंकबाट सीईओले लिएको तलब भत्ताबापत ३९ प्रतिशतसम्म कर राज्यलाई गएको छ ।

यता सोही अवधिमा बैंकले सञ्चालकको बैठक भत्तामा २१ लाख ९४ हजार रुपैयाँ खर्च गरेको छ । जसअन्तर्गत प्रति बैठक अध्यक्षलाई १८ हजार र सञ्चालकलाई १५ हजार ५ सय रुपैयाँ भुक्तानी गरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी