×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेलम्चीको पानी: कतै अभाव, कतै खेर गयो… (तस्विरहरू)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मेलम्चीको पानी: कतै अभाव, कतै खेर गयो… (तस्विरहरू)

Artha Sarokar

१० माघ २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय गौरवको परियोजनाको रूपमा रहेको मेलम्ची खानेपानी वितरण व्यवस्थित नहुँदा उपत्यकाको ठमेल, महाबौद्ध लगायतका क्षेत्रमा दिनहुँ रूपमा पानी खेर गईरहेको छ ।

खानेपानी वितरणका लागि जडान गरिएको पाइप घर घरमा जडान नहुँदा पानी खेर गएको हो । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले समयमा मीटर जडान नगर्दा, हजारौं लिटर पानी खेर गइरहेको स्थानीय बताउँछन् ।

महाबौद्ध क्षेत्रमा यसरी पानी खेर जाँदा सो क्षेत्रमा पसल सञ्चालन गर्ने व्यापारीहरूले सास्ती भोग्नु परेको छ । पसल अगाडि पानी जम्मा हुने र सफा गरी रहनु पर्ने भएका कारण व्यापारीहरुले सास्ती भोग्नु परेको हो ।

मेलम्ची खानेपानी परियोजनाले काठमाडौँ उपत्यकामा दैनिक १७ करोड लिटर पानी आपूर्ति गर्दै आएकोमा कुनै क्षेत्रमा खानेपानी खेर गएको छ भने कतै पानीको अभाव उस्तै छ । बाँकी तस्विरमा हेर्नुहोस्:

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी