×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६ विकास बैंक र २ फाइनान्स कम्पनीको तरलता अवस्था विश्लेषण गर्दै नेपाल राष्ट्र बैंक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

६ विकास बैंक र २ फाइनान्स कम्पनीको तरलता अवस्था विश्लेषण गर्दै नेपाल राष्ट्र बैंक

Artha Sarokar

२५ पुष २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ६ विकास बैंक र दुई फाइनान्स कम्पनीको तरलता अवस्था विश्लेषण गर्न सुरु गरेको छ ।

राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकको तरलता अवस्था विश्लेषण गर्न सुरु गरेको हो ।

यता फाइनान्सतर्फ भने राष्ट्र बैंकले पोखरा फाइनान्स र जानकी फाइनान्सको तरलता अवस्था विश्लेषण गर्न सुरु गरेको छ । विकास बैंक र फाइनान्समा तरलता अवस्थाको विवरण राष्ट्र बैंकले वाणिज्य बैंकहरुसँग माग गरेको स्रोतले बताएको छ ।

कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेपछि राष्ट्र बैंकले वित्तीय अवस्था बिग्रिँदै गएका र संस्थागत सुशासनमा समस्या देखिएका कम्पनीहरुमाथि निगरानी बढाएको स्रोतको दाबी छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी