Skip to content
LAXMI SUNRISE BANK

आइतबार २५.४१ अंकले घट्यो नेप्से, कारोबार रकम कति ?

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक २५.४१ अंकले घटेर २६०९.६७ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १ कम्पनीको ८० लाख २१ हजार ६ सय ३१ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ९९ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको २० करोड ४१ लाख ५३ हजार ८ सय ७२ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, न्यादि हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK