काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १०.४१ अंकले घटेर २६४३.९३ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय १८ कम्पनीको एक करोड ५७ लाख २० हजार ३ सय ६७ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब १२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार सप्तकोशी डेभलपमेन्ट बैंकको भएको छ । यस कम्पनीको ३९ करोड ५३ लाख ७३ हजार २ सय १२ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।
त्यस्तै, आइतबारको बजारमा उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज उपकार लघुवित्तसहित दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, बोटलर्स नेपाल बालाजु लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । आज बोटलर्स नेपालसहित चार कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्