काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १०.६१ अंकले घटेर २६३३.३२ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय १२ कम्पनीको एक करोड ७२ लाख ५३ हजार ५ सय ७६ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ९२ करोडमाथिको सेयर कारोबार भएको छ । आजको बजारमा सबैभन्दा धेरै कारोबार सिन्धु विकास बैंक लिमिटेडको भएको छ । यस कम्पनीको २९ करोड ८३ लाख ७९ हजार ८ सय १३ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।
त्यस्तै, सोमबारको बजारमा न्यादी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।
यता, सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरैले घटेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्