काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ५ . १० अंकले बढेर २५८१ .६० बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय ५ कम्पनीको ९४ लाख ३४ हजार ९ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ५९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको भएको छ । यस कम्पनीको २१ करोड ८२ लाख १७ हजार ३ सय ४९ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, बुधबारको बजारमा त्रिशुली जल विद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।