×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार १२.५८ अंकले बढ्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

आइतबार १२.५८ अंकले बढ्यो नेप्से परिसूचक

Artha Sarokar

६ माघ २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक १२.५८ अंकले बढेर २६०१.२१ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २५ कम्पनीको एक करोड २९ लाख ८२ हजार ६ सय १९ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब २५ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको भएको छ । यस कम्पनीको २६ करोड ८५ लाख २५ हजार ५ सय ९५ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै, आइतबारको बजारमा बोटलर्स नेपाल (बालाजु) लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा  नेगेटिभ सर्किट लागेको  छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी