Skip to content
LAXMI SUNRISE BANK

मंगलबार २४.५० अंकले बढ्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक २४.५० अंकले बढेर २६५७.७७ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २५ कम्पनीको एक करोड ९६ लाख ८० हजार १ सय ९५ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ४० करोडमाथिको सेयर कारोबार भएको छ । मंगलबारको बजारमा सबैभन्दा धेरै कारोबार सप्तकोशी डेभलपमेन्ट बैंकको भएको छ । यस कम्पनीको ३८ करोड २१ लाख ३२ हजार १ सय ८७ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, आज अपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मंगलबार अपकार लघुवित्तसहित चार कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, दोल्ति पावर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् ।  यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK