काठमाडौँ । साताको कारोबारको तेश्रो दिन सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ६.१६ अंकले बढेर २६४६.८४ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय ५ कम्पनीको एक करोड २० लाख ८१ हजार ६ सय ६ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ३८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार सिन्धु विकास बैंकको भएको छ । यस कम्पनीको १६ करोड ९२ लाख ९६ हजार ७ सय ९८ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।
त्यस्तै, मंगलबारको बजारमा सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज सप्तकोशी डेभलपमेन्टसहित दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । मंगलबार आत्मनिर्भर लघुवित्तसहित दुई कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्