×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार ६.३८ अंकले बढ्यो नेप्से परिसूचक

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

बुधबार ६.३८ अंकले बढ्यो नेप्से परिसूचक

Artha Sarokar

२४ पुष २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ६.३८ अंकले बढेर २६५३.३८ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ५ कम्पनीको एक करोड ५५ लाख २ हजार ७ सय ५१ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ४० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार न्यादि हाइड्रोपावरको भएको छ । यस कम्पनीको २२ करोड ५३ लाख  ४९ हजार ५ सय ९७ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, समृद्धि फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी