काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ६.७८ अंकले बढेर २६०७.९९ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय ११ कम्पनीको एक करोड ३६ लाख ७७ हजार ९ सय ८३ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ५७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार रिभर फल्स पावरको भएको छ । यस कम्पनीको २४ करोड १ लाख ८८ हजार ४ सय ४ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।
त्यस्तै, आजको बजारमा सबैभन्दा धेरै कारोबार मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।
यता, विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्