काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ५२.३६ अंकले बढेर २६६५.४५ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय २२ कम्पनीको एक करोड ७६ लाख ९२ हजार ८ सय १९ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब २० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको ६१ करोड ३६ लाख ४८ हजार २ सय २० रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।
त्यस्तै, आजको बजारमा सबैभन्दा धेरै नाफा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।
यता, बाराही हाइड्रोपावर पब्लिक लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्