Skip to content
LAXMI SUNRISE BANK

मंगलबार ५.०८ अंकले बढ्यो नेप्से

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ५.०८ अंकले बढेर २६१३.०८ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ११ कम्पनीको एक करोड १६ लाख २६ हजार २० कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब १९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार सीइडीबी होल्डिङस्को भएको छ । यस कम्पनीको २३ करोड ७६ लाख ३५ हजार २ सय ९२ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै, आजको बजारमा सबैभन्दा धेरै नाफा मन्दाकिनी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो

यता, रिभर फल्स पावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK