Skip to content
LAXMI SUNRISE BANK

बिहीबार नेप्सेमा ११.१० अंकको करेक्सन

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ११.१० अंकले घटेर २६५४.३५ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा ३ सय १८ कम्पनीको एक करोड ५१ लाख ४ हजार ३३ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ८५ करोडमाथिको सेयर कारोबार भएको छ ।

बिहीबार सबैभन्दा धेरै कारोबार सप्तकोशी डेभलपमेन्ट बैंकको भएको छ । यस कम्पनीको ३० करोड ८९ लाख २९ हजार ६५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, आज सामुदायिक लघुवित्तसहित तीन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK