Skip to content
LAXMI SUNRISE BANK

‘टुच्च’ बढ्यो नेप्से, ४ अर्ब ८६ करोडमाथिको कारोबार

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ५ .३२ अंकले बढेर २५९१.५६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २७ कम्पनीको ९३ लाख ८६ हजार ७ सय २१ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ८६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार जानकी फाइनान्स कम्पनीको भएको छ । यस कम्पनीको १९ करोड ९ लाख ४९ हजार ९ सय ७७ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै, आइतबारको बजारमा उपकार लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आजको बजारमा उपकारसहित तीन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK