काठमाडौँ । एनएमबि बैंकको सिष्टमा समस्या हुँदा बैंकका ग्राहकको खाताबाट करोडौँ रुपैयाँ चोरी भएको खुलासा भएको छ । बैंकले सिष्टम अपग्रेड गर्दा सिष्टममा समस्या आउँदा सो बैंकमा रहेका ग्राहकहरुको करोडौँ रुपैयाँ खाताबाटै चोरी भएको हो ।
बैंकबाट करोडौँ रुपैयाँ चोरिएको खुलासा भएपछि सो बैंकमा रहेको आफ्नो खाताको पैसा ट्रान्सफर गरेर अरु बैंकमा सार्नेहरुको संख्या ह्वात्तै बढेको छ । सिष्टम नै बिग्रिएको बैंकमा आफ्नो पैसा हराउने देखेपछी ग्राहकहरुले खाताबाट पैसा झिक्न थालेका हुन् ।
यता, बैंकले भने खाताबाटै ग्राहकहरुको पैसा हराएको स्वीकार गरेको छ र ग्राहकहरुको पैसा फिर्ता गर्ने प्रक्रियामा रहेको बताएको छ । बैंकले सिष्टममा एक रात मात्र समस्या आएको र अहिले सबै ठिकै भएको दावी गरिरहेको छ । तर, एनएमबि बैंकले यो घटनलाई गुपचुप राख्न खोजिएको तथ्य समेत बाहिरिएको छ ।
यस्तो घटनाले एनएमबि बैंकको सिष्टम कुन हदसम्म असुरक्षित रहेछ भन्ने तथ्य प्रमाणित भएको छ ।