×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वस्थानी व्रत मेलाको तयारी अन्तिम चरणमा (तस्विरहरू)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

स्वस्थानी व्रत मेलाको तयारी अन्तिम चरणमा (तस्विरहरू)

Artha Sarokar

२५ पुष २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने श्री माधवनारायण स्वस्थानी व्रत मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।

शंखरापुर नगरपालिका साँखुमा बिहीबार आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका महासचिव एलपी श्रेष्ठले मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । मेलामा दर्शनका लागि आएका भक्तजनहरुलाई सहज हुने किसिमले व्यवस्थापनको कार्य भई रहेको र सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिने उनले बताए ।

यस वर्ष स्नान क्षेत्रमा एलईडी डिस्प्ले राखिएको र सीसी क्यामराको सहायताले मेलाको अवस्था प्रत्यक्ष देखाइने उनले बताए । बाँकि तस्विरमा हेर्नुहोस्:

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी