×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एफवान सफ्टले बनाएका बैंकिङ वालेटमा समस्या, ‘ट्रान्जेसन फेल्ड देखाउँछ, पैसा काट्छ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एफवान सफ्टले बनाएका बैंकिङ वालेटमा समस्या, ‘ट्रान्जेसन फेल्ड देखाउँछ, पैसा काट्छ’

Artha Sarokar

२१ पुष २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एफवान सफ्टले बनाएका विभिन्न बैंकका मोबाइल बैंकिङ सिष्टम र फोनपेमा समस्या देखिएको छ । एफवानसफ्टले बनाएका विभिन्न बैंकहरुको सिष्टम र फोन पेमा ‘ट्रान्जेसन फेल्ड’ भन्ने तर पैसा काटिने समस्या देखिएको हो ।

विभिन्न बैंकहरुले आइतबार बिहान यस्ता गुनासाहरु थप आएको पुष्टि गरेका छन् । यधपि समस्या बैंकमा नभई फोनपे र एफवान सफ्टले बनाएको सिष्टममा भएको बैंकका अधिकारीहरुले बताएका छन् ।

‘ग्राहकको पैसा ट्रान्सफर भएको छ । तर ट्रान्जेसन फेल्ड भन्ने स्कृन देखाईएको छ । यसकारण धेरै ग्राहकले एउटै कारोबार एकपटक भन्दा धेरै गरेको देखिएको छ ।’ एक बैंकका अधिकारीले अर्थ सरोकारसँग भने, ‘बैंकको वालेटमा भन्दा बढि फोनपेमा पनि यस्तै समस्या देखिएको गुनासाहरु आईरहेका छन् ।’

यता फोनपेले भने यस विषयमा कुनै पनि प्रतिक्रिया दिएको छैन । केही समय अघि मात्र फोनपेकै खाताबाट ह्याकरले पैसा चोरेपछि यतिबेला फोनपे विवादमा छ । एफवानसफ्टले नै बनाएको इसेवा पनि पटक पटक बिग्रन थालेपछि एफवानसफ्टले थप जनशक्ती लगाएर काम गरिरहेको छ । तर काम गर्ने क्रममा उचित सावधानी नअपनाउँदा इसेवा, फोनपे लगायतमा समस्या देखिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी