×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सार्वजनिक यातायातः भाडा बढेको बढ्यै, सुधारमा शून्य प्रगति (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सार्वजनिक यातायातः भाडा बढेको बढ्यै, सुधारमा शून्य प्रगति (तस्विरहरु)

Artha Sarokar

२३ पुष २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सोमबारबाट लागु हुने गरी सरकारले सार्वजनिक सवारी साधनको भाडादर बढाएको छ । यातायात व्यवस्था विभागले हिजैबाट लागु हुने गरी यात्रुबाहक सवारी साधनको ३.३ प्रतिशतले भाडा वृद्धि गरेको जनाएको थियो ।

तर अहिले भने सरकार, यातायात व्यवसायी र यातायात मजदुरबीचको छलफल तथा समझदारीबाट भाडादर निर्धारण नगरी भाडादर समायोजन कार्यविधिका आधारमा भाडादर निर्धारण गरिएको छ । मुख्यतया तीन अवस्थामा इन्धनको मूल्य पाँच प्रतिशत बढेको वा घटेको अवस्थामा, हरेक वर्ष विभिन्न पाँच सूचक पारिश्रमिक, टायर, सञ्चालन खर्च, ह्रास कट्टी तथा मुनाफालाई आधार बनाएर र पाँच वर्षमा एक पटक पुनः सबै सूचकहरूलाई विश्लेषण गरेर भाडादर निर्धारण गरिएको छ ।

तर यी सबै अवस्थामा भाडादर समायोजन गर्ने सरकार सार्वजनिक यातायात सुधारमा चाहिँ त्यति ध्यान नदिएको देखिन्छ । अहिले पनि यात्रुहरुले सार्वजनिक सवारी साधन चढ्न ठेलामठेल गर्नु पर्ने, घण्टौंसम्म कुर्नु पर्ने, उभिएर र झुण्डिएर यात्रा गर्नु पर्ने अवस्था जस्ताको त्यस्तै छ । बाँकी तस्विरमा हेर्नुहोस् :

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी