काठमाडौँ । सरकारले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । बिहीबार राजपत्रका एक सूचना प्रकाशित गर्दै सरकारले जङ्गली रातो बाँदरलाई एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो ।
योसँगै अब जङ्गली रातो बाँदर निजी खेत, बारीमा आएर क्षति पुर्याए बिनाअनुमति धपाउन, लखेट्न र समात्न पाइनेछ ।
कृषि बाली जोगाउने क्रममा जनावर मरे त्यसको विवरण राखेर स्थानीय तहको रोहबरमा मुचुल्का उठाएर गाड्नसमेत पाइनेछ । तर, समातेको हकमा भने सम्बन्धित राष्ट्रिय निकुञ्ज कार्यालय, वन्यजन्तु आरक्ष कार्यालय, शिकार आरक्ष वा संरक्षण क्षेत्रको कार्यालय, डिभिजन वन कार्यालय वा मातहत नजिक कार्यालयमा बुझाउनुपर्नेछ ।
पछिल्लो समय बाँदर आतङ्कका कारण किसान लामो समयदेखि आजित छन् । कतिपय स्थानीय तहले त बाँदर धपाउन कर्मचारी नै नियुक्त गरेका छन् । कृषिबालीमा बाँदरको आतङ्क थेगिनसक्नु भएपछि किसानको व्यापक गुनासोपछि सरकारले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्