काठमाडौँ । काठमाडौंमा बस्दै आएका थारु समुदायले माघे संक्रान्तिको आज माघी धुमधामका साथ मनाएका छन् ।
माघे संक्रान्तिको दिन मङ्गलबार काठमाडौंको बसन्तपुर दरबारबाट र्याली सहित टुडीखेलमा पुगी ‘माघी महोत्सव’को आयोजना गरी थारु समूदायले आफ्नो महानपर्व माघी धुमधामका साथ मनाएका हुन् ।
यसै अवसर पारेर थारु समुदायले आफ्नो संस्कृति झल्कने खालको पहिरनमा सजिएर नाचगानसहितको प्रर्दशन पनि गरेका छन् । माघी महोत्सवमा काठमाडौंमा रहेका सबै आफन्तलाई बोलाएर मिष्ठान्न भोजनसहित शुभकामना समेत आदान प्रदान गरिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्: