×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबी बैंक लुट्ने प्रयास गरेका चौधरीको बयान- ‘बैंककै ग्राहक हुँ, उपचार गर्ने पैसा जुटाउन चोर्न गएको थिएँ’ 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनएमबी बैंक लुट्ने प्रयास गरेका चौधरीको बयान- ‘बैंककै ग्राहक हुँ, उपचार गर्ने पैसा जुटाउन चोर्न गएको थिएँ’ 

Artha Sarokar

१४ माघ २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । शनिबार राती करिब २ बजेको समयमा एनएमबी बैंकको दाङस्थित तुल्सीपुर शाखामा चोरीको प्रयास भएको थियो । जुन घटनामा संलग्न २७ वर्षीय सन्तोष चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ परेपछि चौधरीमाथि अनुसन्धान गर्दै जाँदा चौधरीको सोही बैंकमा खाता रहेको खुलेको छ । तुल्सीपुर-१८ दुधरासका चौधरीले बैंकमा आफ्नो खाता हुनुका साथै कारोबार गर्ने गरेको पनि प्रहरीसमक्ष बयान दिएका छन् । 

बेलाबेलामा बैंकमा सानो रकम जम्मा गर्न र झिक्न गइरहने चौधरी बैंक चोर्न पाए एकैपटकमा धेरै पैसा झिक्न पाइन्छ भन्ने मनसायका साथ  मध्यरातमा बैंकभित्र प्रवेश गरेको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका चौधरीले दिउँसो मात्रै गार्ड हुन्छन्, राति कोही हुँदैन भन्ने थाहा पाएर मध्यरातमा चोरीको प्रयास गरेको प्रहरीसमक्ष बयान दिएका छन् । 

त्यस्तै, उनले उपचारका लागि पैसा नभएपछि बैंक चोरीको प्रयास गरेको पनि प्रहरीसमक्ष बयान दिएका छन् । ‘मेरो खुट्टामा रड छ । उपचार गर्न पैसा छैन । तर बैंक चोर्न पाए उपचार हुने पैसा जुटाउन सकिन्छ भन्ने लागेर बैंकभित्र चोरी गर्न प्रवेश गरेको हूँ ।’, चौधरीको भनाइलाई उदृत गर्दै एक प्रहरी अधिकारीले भने । चौधरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  । 

चौधरीको साथबाट प्रहरीले हतौडा, छिनो, पिलास, ह्वाक्सा बिलेट लगायतका सामग्री पनि बरामद गरेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी