×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च रिट 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च रिट 

Artha Sarokar

२३ पुष २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । लाइसेन्स वितरण गर्ने प्रक्रियामा कानूनी त्रुटि भएको भन्दै सर्वोच्चमा रिट दायर भएको हो ।

रिट अधिवक्ता कृष्ण बहादुर थापाले मंगलबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा दायर गरेका हुन् ।  

धितोपत्र बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ मा भएको व्यवस्थाको गलत व्याख्या गरेर धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्न खोजेको सर्वोच्चमा दायर गरिएको रिट निवेदनमा उल्लेख छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११६, ११७ र ११८ मा प्रत्यायोजन गरेको अधिकारमा नेपाल धितोपत्र बोर्डलाई धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्ने सम्बन्धमा निर्देशिका बनाउने अधिकार नरहेको पनि रिट निवेदनमा उल्लेख गरिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी