Skip to content
LAXMI SUNRISE BANK

स्वस्थानी व्रत कथा सुरुः शालीनदिमा स्नान (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । काठमाडौंको साँखुमा सालीनदी माधव नारायण मेलाको ब्रत आज (पुष २९ गते) सोमबारदेखि सुरु भएको छ ।

हरेक वर्ष पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने सालीनदी मेलामा आज स्नान गरी सूर्यलाई अर्घ्य दिएर माधवनारायणको पूजा गरेपछि ब्रत सुरु हुन्छ ।

माधवनारायणको ब्रत बस्ने व्यक्तिले ब्रत शुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्ख जल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्ख जल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ ।

ने.सं ७२२ मा रणजीत मल्ल आफैँले ब्रतको व्यवस्थापन गरिएका शिलालेखमा उल्लेख गरिएको छ ।

त्यस्तै, भक्तपुरको त्रिवेणीघाटमा पनि माधव नारायण व्रत सुरु भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK