×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेतो मछिन्द्रनाथको महास्नान (तस्विरहरू)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सेतो मछिन्द्रनाथको महास्नान (तस्विरहरू)

Artha Sarokar

२४ पुष २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेतो मछिन्द्रनाथको महास्नान आज काठमाडौंको केलटोलस्थित जन बहाः परिसरको विशेष मण्डपमा विधिपूर्वक गरिएको छ । शोभा भगवतीबाट ल्याएको शुद्ध जलले सेतो मछिन्द्रनाथलाई बज्राचार्य गुरूबाट स्नान गराइएको हो । यस कार्यलाई स्थानीय भाषामा ‘न्हवं’ वा ‘धलिँ लुइगुँ’ भनिन्छ ।

हरेक वर्षको पोहेलाथ्व अष्टमीका दिन मछिन्द्रनाथलाई महास्नान गराइन्छ ।

मछिन्द्रनाथ देवताले लगाएका सबै आभूषण, गरगहना तथा लुगाहरू फुकालिन्छ । त्यसपछि दुध, घ्यु, मह, तातो पानी, चिसो पानीले तान्त्रिक विधि अनुसार नुहाईदिने गरिन्छ । नुहाई दिने र पछि रंगहरु लगाई सजाउने सम्पूर्ण गतिविधि मन्दिरकै पूजारीले गर्छन् ।

मछिन्द्रनाथलाई वर्षा र सहकालको देवताको रुपमा मानिन्छ । हिन्दु तथा बौद्धमार्गी सबैले मान्दै आएको सेतो मछिन्द्रनाथलाई करूणामय, अवलोकितेश्वर र जमलेश्वरको नामले पनि चिनिन्छ ।

सेतो मछिन्द्रनाथलाई यसरी नुहाईदिँदा समस्त मानवजातिमा परिवर्तन र नयाँ उर्जा प्राप्त हुन्छ भन्ने जनविश्वास रहेको पाइन्छ  । बाँकी तस्विरमा हेर्नुहोस्:

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी