काठमाडौँ । नेपालमा करदाताको संख्या ७० लाख नाघेको छ । चालु आर्थिक वर्षको ६ महिना (पुष समान्त) सम्म करदाताको संख्या ७० लाख ३६ हजार ६ सय ८३ पुगेको हो ।
जसमध्ये सबैभन्दा ठूलो हिस्सा व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेको रहेका आन्तरिक राजस्व विभागले जनाएको छ ।
विभागका अनुसार गत कार्तिकदेखि पुषसम्म मात्रै प्यान नम्बर लिनेको संख्या १ लाख ४२ हजार ६ सय २ रहेको छ । पुष मसान्तसम्म व्यवसायिक स्थायी लेखा नम्बर लिनेको संख्या १९ लाख ९३ हजार ७ सय २४ रहेको छ । पछिल्लो तीन महिनामा २८ हजार ८६ जनाले व्यवसायिक प्यान नम्बर लिएका छन् ।
त्यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका करदाताको संख्या ३ लाख ३८ हजार ३ सय १६ रहेको छ । कार्तिकदेखि पुषसम्म मात्रै ५ हजार ४ सय ४५ करदाता भ्याटमा दर्ता भएका छन् ।
विभागका अनुसार यस अवधिमा अन्तःशुल्क इजाजततर्फ १ लाख २१ हजार ६ सय ८२ करदाता दर्ता भएका छन् भने विथहोल्डर स्थायी लेखा नम्बर लिने करदाता भने ३४ हजार ६ सय ३८ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्