Skip to content
LAXMI SUNRISE BANK

बसन्तपुरमा यसरी मनाइयो राष्ट्रिय टोपी दिवस (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । ‘सबै पोशाकको सम्मानः नेपाली टोपी नेपाली पहिचान’ भन्ने नारा को साथ बसन्तपुरमा १२औं नेपाली टोपी दिवस मनाइएको छ ।

सदियौदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, ढाकाटोपी र गुन्यू चोलोलाई तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रिय पोशाकको सूचिबाट हटाएपछि नेपाली टोपी (ढाकाटोपी, भादगाउँले टोपी) लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित जागरुक युवा अभियान नेपालद्वारा हरेक वर्ष जनवरी १ मा नेपाली टोपी दिवस मनाउँदै आइएको छ ।

‘नेपाली टोपी लगाऔं, पहिचान जोगाऔं’, ‘नेपालीको टोपी नेपालीको शान’ लगायतका ब्यानर तथा पम्प्लेटको प्रदर्शनसमेत गरिएको थियो । बाँकी तस्विरमा हेर्नुहोस्: 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK