×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ऋण उठाउन गएका बैंकका कर्मचारी मार्न खोज्नेलाई अभद्र व्यवहारको मात्र मुद्दा, आरोपित फरार !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

ऋण उठाउन गएका बैंकका कर्मचारी मार्न खोज्नेलाई अभद्र व्यवहारको मात्र मुद्दा, आरोपित फरार !

Artha Sarokar

२२ पुष २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एनआईसी एशिया बैंकका कर्मचारी मार्ने प्रयास भएको तीन हप्ता बित्दा पनि आरोपित अझै पक्राउ परेका छैनन् । ऋण असुलीका लागि जाँदा ऋणीले उल्टै पेट्रोल खनाएर बैंकका दुई जना कर्मचारी मार्ने प्रयास गरेको तीन हप्ता बित्दा पनि आरोपित पक्राउ नपरेका हुन् ।

आरोपितहरु अझै पक्राउ नपरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रवक्ता तथा प्रहरी निरीक्षक बिनोद श्रेष्ठले पुष्टि गरेका छन् । 

उक्त घटनाबारे प्रहरीमा निवेदन परेको र सोही निवेदनका आधारमा मुद्दासमेत दर्ता भइसकेको बताउँदै प्रहरी निरीक्षक श्रेष्ठले आरोपित भने पक्राउ नपरेको बताएका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै श्रेष्ठले आरोपितविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाइएको बताएका छन् । ‘अभद्र व्यवहारको मुद्दा दर्ता भएको छ । तर, मान्छे पक्राउ परेका छैनन् ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै श्रेष्ठले भने, ‘अब मान्छे पक्राउ परेपछि मात्रै पेशी लिने हो । अहिले सो मुद्दा पेन्डिङमा छ ।’ 

यसो त बैंकका कर्मचारीले सुरुमा प्रहरीमा दिएको निवेदनमा ज्यान मर्ने उद्योगको कसुर भएको भन्दै आरोपितलाई कारवाहीको माग गरिएको छ । तर, हाल प्रहरीले भने उक्त घटनामा आरोपितविरुद्ध अभद्र व्यवहारको मात्र मुद्दा चलाएको छ । यस्तो किन भयो ? भन्ने हाम्रो प्रश्नमा प्रहरी निरीक्षक श्रेष्ठले जाहेरीकर्तासँगको सल्लाह अनुसार नै आरोपितमाथि अभद्र व्यवहारको मुद्दा चलाइएको बताएका छन् । 

‘ज्यान मार्ने उद्योगमा जाहेरी परेको भए पनि हामीले पछि उहाँसँग सल्लाह गर्यौं । ज्यानै मार्ने इन्टेन्सन्मोटिभले त्यहाँसम्मको घटना पुग्न सक्दैन भनेपछि उहाँहरुसँगको सल्लाहकै आधारमा अभद्र व्यवहारको मुद्दा चलाएका हौँ ।’, श्रेष्ठले भने ।

भएको के हो ? 
एनआईसी एशिया बैंकको महागढीमाई शाखाबाट ऋण लिएका नारायण सहनीको किस्ता अनियमित भएपछि गत पुष ४ गते बैंकको महागढीमाई शाखाका शाखा इन्चार्ज विकास श्रेष्ठ र एक्सपिरियन्स एंकर जयदीप कुशवाहा कानून अनुसार धितो सम्पत्ति लिलाम बिक्री गर्ने कारवाही अघि बढाउन गरुडा नगरपालिका-३ मलाही टोल पुगेका थिए । तर, कानून अनुसार प्रक्रिया अघि बढाउन पुगेका उनीहरुमाथि ऋणी समूहले दुर्व्यवहार गरेको प्रहरीमा परेको जाहेरीमा उल्लेख छ ।

अझ यतिसम्म कि बैंकका कर्मचारीमाथि पेट्रोल खन्याएर ज्यान मार्ने प्रयास गरेको पनि जाहेरीमा उल्लेख छ ।

बैंकका कर्मचारीहरुले घटनाको प्रमाणस्वरुप घटनाको समयको भ्वाइस रेकर्ड र शाखा इन्चार्जको घटना स्थलमा पेट्रोल लागेको ज्याकेट पनि प्रहरीमा बुझाएको बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी