×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिन्धुलीको जुनार बेच्न व्यापारीलाई भ्याइनभ्याई (तस्विरहरू)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सिन्धुलीको जुनार बेच्न व्यापारीलाई भ्याइनभ्याई (तस्विरहरू)

Artha Sarokar

९ माघ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँ-धुलिखेल-सिन्धुली-बर्दिबास भएर गुड्ने सवारी साधनका अधिकांश यात्रुको यति बेलाको मुख्य कोसेली नै जुनार र सुन्तला बनेको छ । त्यसैले यात्रुहरू ओहोरदोहोरको क्रममा दुईचार केजी भए पनि जुनार बोक्न छुटाउँदैनन् । यतिबेला सिन्धुली जिल्लाको गोलन्जार गाउँपालिका ५ खनियाखर्क बजार जुनार र सुन्तलाले पहेँलपुर भएको छ ।

यहाँको जुनारले छिमेकी जिल्लालगायत काठमाडौँ र भारतका विभिन्न सहरसम्म लोकप्रियता पाएको छ । राजमार्गमा जुनारको कारोबार समेत राम्रो हुँदा त्यस क्षेत्रका किसान र व्यापारीहरूको जीवन स्तर समेत उकासिएको छ । पूर्वी तराईका विभिन्न जिल्लाबाट यही राजमार्ग हुँदै काठमाडौँ आवत जावत गर्ने दैनिक हजारौँ साना ठूला सवारीका यात्रु नै जुनारको मुख्य ग्राहक हुन् ।

विपी राजमार्गको खनियाखर्क आसपासमा जस्ताका टहरा बनाएर जुनार बिक्रीका लागि राखेपछि खनियाखर्क बजारनै जुनारले उज्यालिएको स्थानीय बताउँछन् ।

खनियाखर्क बजार आसपासमा मात्रै दुई दर्जनबढी जुनार व्यवसायी छन् । किसानको बोटबाट जुनार किनेर बजारमा ल्याएर बेच्ने व्यापारी समेत बढेको स्थानीय बताउँछन् । अहिले भने जुनारको सिजन सकिन लागेकाले खनियाखर्कमा १२० देखि १४० रुपैयाँ प्रति किलोसम्ममा जुनारको कारोबार भइरहेको छ । बाँकी तस्बिरमा हेर्नुहोस्:

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी