×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सबै वैदेशिक अनुदान रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश, नेपाललाई के असर पर्छ ? 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सबै वैदेशिक अनुदान रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश, नेपाललाई के असर पर्छ ? 

Artha Sarokar

१३ माघ २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले वैदेशिक अनुदान कार्यक्रम रोक्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै किसिमका वैदेशिक अनुदान रोक्न आदेश जारी गरेका हुन् । तत्कालका लागि वैदेशिक विकास अनुदान रोक्ने निर्णय भएको र ९० दिनपछि के गर्ने भन्ने विषयमा निर्क्योल हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । 

नेपाल अमेरिकी अनुदानका आधारमा १६औँ स्थानमा छ । सन् २०२३ मा अर्थ मन्त्रालय र यूएसएआईडीबीच भएको पाँच वर्षे रणनीति सम्झौतामा ५६ करोड ९० लाख अमेरिकी डलर अर्थात ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान प्राप्त हुने उल्लेख छ । अर्कोतर्फ नेपालमा मेलिनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) मार्फत ५५ करोड डलरको परियोजना सञ्चालनमा छ । 

तर, अमेरिकी सरकारले हाल कायम वैदेशिक सहायता र नयाँ अनुदान वितरण कार्य तत्काल स्थगन गर्न निर्देशन दिएपछि यी परियोजना तथा विकास सहायता प्रभावित हुने देखिएको छ । 

अमेरिकाले सन् २०२३ मा मात्रै ६८ अर्ब अमेरिकी डलर बराबरको अन्तराष्ट्रिय सहायता प्रदान गरेको थियो । जसमध्ये ८८ प्रतिशत सहयोग आर्थिक र १२ प्रतिशत सहयोग सैन्य सहयोग रहेको थियो । अमेरिका विश्वको सबैभन्दा धेरै वैदेशिक सहायता दिने देश हो । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी