काठमाडौँ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कोमामा रहेको अर्थतन्त्रलाई आईसीयूमा ल्याएको बताएका छन् । नेपाल चेम्बर एक्सपोको उद्घाटन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।
उनले वर्तमान सरकार गठन हुँदा अर्थतन्त्र कोमामा रहेको र वर्तमान सरकार गठनपछि अर्थतन्त्र आईसीयूमा फर्किएको दाबी गरेका छन् ।
सरकारको ठूलो प्रयासपछि अर्थतन्त्र आईसीयूमा फर्किएको भन्दै मन्त्री गुरुङले छिट्टै अर्थतन्त्र लयमा आउने बताएका छन् । उनले हाल सरकारले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न काम गरिरहेको बताएका छन् ।
त्यस्तै, हाल सरकारले ल्याएको अध्यादेशका विषयमा चर्को टिकाटिप्पणी भइरहेको बेला सूचना प्रविधि क्षेत्रलाई लक्षित गरेर स्थापित उद्योगहरुलाई सहज बनाउनकै लागि सरकारले अध्यादेश ल्याएको पनि बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्