Skip to content
LAXMI SUNRISE BANK

सहुलियतपूर्ण कर्जामा व्यापक दुरुपयोग, ७ विकास बैंक र ८ फाइनान्स कम्पनीका सिइओ राष्ट्र बैंकको कारवाहीमा

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ७ विकास बैंक र ८ फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ)लाई कारवाही गरेको छ । सहुलियतपूर्ण कर्जाको दुरुपयोग गरेको पाइएपछि राष्ट्र बैंकले विकास बैंकतर्फ लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक, सालपा विकास बैंक, गरिमा विकास बैंकसप्तकोशी डेभलपमेन्ट बैंकका सिइओलाई कारवाही गरेको हो ।

राष्ट्र बैंकको कारवाहीमा परेका बैंकहरुले पुनर्कर्जा, व्यावसायिक निरन्तरता कर्जा र सहुलियतपूर्ण कर्जाको सदुपयोगिताको अध्ययन गर्न नियुक्त गरेको परामर्शदाताले पेश गरेको प्रतिवेदनमा बैंकबाट प्रवाह भएको कर्जामध्ये ठूलो कर्जाको दुरुपयोग भएको वा दुरुपयोगको आशंका भएको भन्दै कैफियत देखाएको थियो । 

सो प्रतिवेदनमा उक्त कैफियत उपर सम्बन्धित संस्थाले आन्तरिक लेखा परीक्षकबाट तयार गरेको प्रतिवेदनमा केही सहुलियतपूर्ण कर्जा सदुपयोग नभएबाट सहुलियतपूर्ण कर्जासम्बन्धी मार्गदर्शन र निर्देशन उल्लङ्घन भएको उल्लेख गरिएको थियो । सो लगत्तै नेपाल राष्ट्र बैंकले ७ विकास बैंकका सिइओलाई कारवाहीस्वरुप पहिलो पटकका लागि सचेत गराएको छ । 

त्यस्तै, राष्ट्र बैंकले फाइनान्सतर्फ समृद्धि फाइनान्स, पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, आई.सि.एफ.सि फाइनान्स, जानकी फाइनान्स, सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स र गुडविल फाइनान्सका सिइओलाई कारवाही गरेको छ । यी कम्पनीहरुलाई राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जा दुरुपयोग गरेको पाइएपछि कारवाही गरेको हो । 

तर, सेन्ट्रल फाइनान्सलाई भने राष्ट्र बैंकले २०८१ मंसिर ८ गतेदेखि २०८१ पुष १३ सम्मको अवधिमा नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम कायम नगरेको भन्दै ९ हजार एक सय ६ रुपैयाँ नगद जरिवाना गरेको छ । त्यस्तै, कालोसूचीमा रहेका ऋणीलाई समेत व्यक्तिगत अधिविकर्ष कर्जा प्रवाह गरेको पाइएपछि गरिमा विकास बैंकलाई कारवाही गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK