काठमाडौँ । पछिल्लो ७ महिना (साउनदेखि माघसम्म) मा नेपालमा १२ लाख बढी स्मार्टफोन आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार ७ महिनामा करिब १९ अर्ब रुपैयाँको १२ लाख २९ हजार स्मार्टफोन आयात भएको हो ।
यस अवधिमा नेपालमा १८ अर्ब ९८ करोड रुपैयाँ स्मार्टफोन आयात हुँदा ३ अर्ब ३५ करोड रुपैयाँ भन्सार शुल्क संकलन भएको छ ।
चालु आर्थिक वर्षको यस अवधिमा संकलन भएको स्मार्टफोनको संख्या गत वर्षको तुलनामा १ लाख २६ हजारले बढी हो । गत वर्ष सोही अवधिमा नेपालमा १७ अर्ब ३८ करोडको १० लाख ५ हजार सेट मात्रै स्मार्टफोन आयात भएको थियो ।
यसरी नेपालमा भित्रिने स्मार्टफोनहरुमा सबैभन्दा धेरै चीनबाट भित्रिने गरेको विभागको तथ्यांकमा उल्लेख गरिएको छ । विभागको तथ्याङ्क अनुसार चीनबाट मात्रै १२ अर्ब ९९ करोड रुपैयाँ भन्सार मूल्यका ९ लाख ५३ हजार वटा मोबाइल भित्रिएको छ ।