×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वाणिज्य बैंकहरुको निक्षेप संकलन ६० खर्ब नाघ्यो, लगानी सुस्त हुँदा तरलता व्यवस्थापन गर्न बैंकहरुलाई सास्ती ! 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

वाणिज्य बैंकहरुको निक्षेप संकलन ६० खर्ब नाघ्यो, लगानी सुस्त हुँदा तरलता व्यवस्थापन गर्न बैंकहरुलाई सास्ती ! 

Artha Sarokar

८ फाल्गुन २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वाणिज्य बेंकहरुको निक्षेप संकलन ६० खर्ब नाघेको छ । चालु आर्थिक वर्षको पछिल्लो ७ महिना (फागुन २) गतेसम्म बैंकहरुको निक्षेप संकलन ६० खर्ब तीन अर्ब रुपैयाँ पुगेको हो । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो एक महिना दुई दिनमा निक्षेप संकलन १२ अर्ब रुपैयाँले बढेको छ । 

राष्ट्र बैंकका अनुसार फागुन १ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप संकलन ५९ खर्ब ९८ अर्ब रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको सात महिना दुई दिनमा बैंकहरुको निक्षेप संकलन दुई खर्ब ४७ अर्बले बढेको छ । 

निक्षेप संकलन बढे पनि यस अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी भने सुस्त छ । फागुन २ गतेसम्म बैंकहरुले कुल ४८ खर्ब २७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । लगानी सुस्त हुँदा पछिल्लो समय राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा थुप्रिएको तरलता दैनिकजसो प्रशोचन गर्दै आएको छ । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी