काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखनको तयारीमा जुटेका छन् । बजेट लेखनका लागि अर्थ मन्त्रालयले बजेट लेखन समितिसमेत गठन गरेको छ ।
उक्त समितिको संयोजक अर्थ मन्त्रालयले बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपाललाई तोकेको छ ।
बजेट लेखन समितिमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनी, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तिर्थ चिलुवाल र सहमहालेखा नियन्त्रक सुशीला अर्याल छन् ।
त्यस्तै, राष्ट्रिय योजना आयोगबाट प्राप्त स्रोत समितिको निर्णयअनुसारको सीमाभित्र रहेर अर्थ मन्त्रालयले चालु, पूँजीगत, वित्तीय व्यवस्था तथा अन्तर सरकारी वित्त हस्तान्तरणको मन्त्रालयगत सीमा तथा प्रदेश र स्थानीय तहका लागि वित्तीय हस्तान्तरणको सीमा उपलब्ध गराएको छ ।