×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजारमा ग्यास अभाव, ‘जहाँ सोधे पनि छैन मात्र भन्छन्’ 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बजारमा ग्यास अभाव, ‘जहाँ सोधे पनि छैन मात्र भन्छन्’ 

Artha Sarokar

३० माघ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बजारमा ग्यास अभाव हुन थालेको छ । केही दिनयता बजारमा ग्यासको अभाव हुन थालेको हो । हाल ग्यास लिन जाने अधिकांशहरु खाली हात फर्किन बाध्य छन् । 

बिहीबार व्यवसायीहरुले पत्रकार सम्मेलन नै गरेर ग्यास आयात नगर्ने चेतावनी दिएपछि बजारमा ग्यासको अभाव हुन थालेको हो । व्यवसायीहरुले फागुन १ गतेदेखि ५ गतेसम्म विरोध कार्यक्रमबारे प्रचार गर्ने, ६ गतेदेखि भारतीय आयल कर्पोरेसनबाट ग्यास बुलेट लोड गर्न नदिने कार्यक्रमको तयारी गरेका छन् । 

उनहिरुले ग्यास लोड भएका आएका बुलेटहरु भन्सार नाकाबाट छुट्न नदिने, १७ गतेदेखि सबै एलपी ग्यास उद्योग बन्द गर्ने र २२ गते देशभरका बिक्रेता डिपोहरु बन्द गर्ने तयारी भएका छन् । 

यही कारण बजारमा ग्यास अभाव हुन थालेको जानकारहरु बताउँछन् । तर, बिक्रेताहरुले भने आन्दोलनका कारण ग्यास अभाव नहुने बताएका छन् । ग्यास व्यवसायीहरुले आन्दोलनको घोषणा गरेसँगै अहिले ग्यास डिलरमा उपभोक्ताहरुको भीड लाग्न थालेको छ । व्यवसायीहरुको सञ्चालन खर्च बढेपछि काम गर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै व्यवसायीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । 

यहीबीच कतिपय व्यवसायीहरुले आन्दोलनलाई टार्गेट गरेर व्यवसायीहरुले ग्यास लुकाएर कृतिम अभाव सृजना गरी कालोबजारी गर्ने गरेको उपभोक्ताहरुले आरोप लगाएका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी