काठमाडौँ । हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको हुनाले काठमाडौँ उपत्यका सहित देशभर हल्का वर्षादेखि हिमपात समेत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणयतादेखि अधिकांश बदली रही बाँकी भूभागमा मौसम आंशिकदेखि साधरणतया बदली रहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
काठमाडौँ उपत्यकामा बाहिना हल्का पानी पर्नुका साथै मौसम धुम्म भएको छ । बाँकी तस्विरमा हेर्नुहोस्: