काठमाडौँ । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ तथा मोबाइल बैंकिङ कारोबारमा मोबाइल नम्बर वा इमेल परिवर्तन गर्दा बैंक तथा वित्तीय संस्थालाई जानकारी दिन आग्रह गरेको छ ।
मंगलबार वित्तीय सचेतनाका लागि एक सूचना जारी गर्दै राष्ट्र बैंकले मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएको अवस्थामा सम्बन्धित वित्तीय संस्थालाई गराउन आग्रह गरेको हो ।
राष्ट्र बैंकले फोन हराएको, चोरी भएको वा नम्बर परिवर्तन भएको अवस्थामा सोको जानकारी सम्बन्धित वित्तीय संस्थालाई समयमै नगराएमा खाता सम्बन्धी महत्वपूर्ण विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम हुने भएकोले मोबाइल नम्बर परिवर्तन भए यथाशीघ्र सम्बन्धित संस्थामा जानकारी गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।
पछिल्लो समय बैंक खाता ह्याक भएका घटना बढेपछि राष्ट्र बैंकले आफ्ना महत्वपूर्ण वित्तीय विवरण सुरक्षित राख्न र मोबाइलमार्फत वित्तीय सेवाको प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिमकार्ड र आधिकारिक एप्लिकेसन मात्र प्रयोग गर्न पनि आग्रह गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्