Skip to content
LAXMI SUNRISE BANK

अवैध आप्रवासीमाथि जापानमा कडाई, ५ नेपालीलाई फर्काइयो

अर्थ सरोकार

काठमाडौँ । जापानले थप पाँच जना नेपालीहरुलाई स्वदेश फर्काएको छ । अवैध रुपमा जापान पुगेका पाँच नेपालीहरुलाई जापानको अध्यागमन कार्यालयले स्वदेश फिर्ता पठाएको हो ।

जापान पुगेर फर्काइनेहरुमा मगर, थापा मगर, तामाङ, गौचन र चेम्जोङ थर भएका एकएक जना नेपाली नागरिक रहेका छन् । कानून उल्लंघन गरेर जापान पुगेको भन्दै उनीहरुलाई अध्यागमन कार्यालयले फिर्ता पठाएको हो ।

उनीहरुमध्ये तीनजनालाई जापानबाट कोरिया हुँदै कोरियन एयरको जहाज र दुईजनालाई भारतहुँदै नेपाल फिर्ता पठाइएको छ । पाँचजना मध्ये गौचन थरका व्यक्तिले भिसा अवधि सकिएपछि पनि अवैध रुपमा काम गरिरहेका थिए ।

उनीहरु तीनै जनालाई कानून उल्लंघन गरेको भन्दै फिर्ता पठाइएको जापानको अध्यागमन कार्यालयले जनाएको छ । तर, कुन कानून उल्लंघन भएको हो भन्ने खुलाइएको छैन ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK