काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरूलाई सेवा दिने भन्दै ‘महालक्ष्मी कल सेन्टर’ सञ्चालनमा ल्याएको छ । यद्यपी सो कल सेन्टरमा प्रश्न गर्दा अधिकांश प्रश्नको जवाफ थाहा छैन भन्ने आउने गरेको पाइएको छ भने उजुरी तथा गुनासो दर्ताका लागि गलत प्रोटोकल रुल राखिएको पाइएको छ ।
बैंकले सञ्चालनमा ल्याएको ‘महालक्ष्मी कल सेन्टर’ बाट ग्राहक सहायता सम्बन्धी जानकारी प्रदान गर्ने, ग्राहकहरुको जिज्ञासा तथा गुनासोको सम्बोधन गर्ने, वित्तीय सेवाहरु सम्बन्धी जानकारी प्रदान गर्ने, डिजिटल बैंकिङ्ग सम्बन्धी आइपर्ने प्राविधिक समस्याहरूको सम्बोधन गर्ने, ग्राहकहरूबाट आउने उजुरीको अभिलेख राखी सोको निराकरणको लागि प्रक्रिया अगाडी बढाउने लगायतका कार्यहरू गर्ने बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अझ विज्ञप्तिमा बैंकले एक निश्चित समय भित्र कल सेन्टर मार्फत आएका गुनासो/जिज्ञासा/उजुरीहरूको सम्बोधन गर्नेसमेत भनिएको छ । तर, महालक्ष्मी बिकास बैंकका एक कर्मचारीले घुस मागेको विषयमा आइताबात सो नम्बरमा कल गर्दा फोन उठाउने कर्मचारीले उजुरीकर्ताको नाम र फोन नम्बरसमेत मागेका छन् । उजुरीकर्ताको विवरण मागेपछि उजुरीकर्ताले उजुरीमा नाम र फोन नम्बर लिएपछि त गोपनियता भंग भएन र ? भनी सोधेका थिए । ती कर्मचारीले नाम र फोन नम्बर विना उजुरी लिन नसकिने भन्दै फोन राखेका थिए ।
बैंकले फोन नम्बर ०१–५९७०९७३ मा सिधा सम्पर्क गर्न सक्ने वा इमेल ठेगाना [email protected]मा इमेल गर्न सक्ने बताइएको छ । तर उजुरीकर्ताको विवरण नै सुरक्षित नभएपछि सो कल सेन्टर र बैंकको अरु नम्बरबीच खासै फरक नरहेको पाइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्