काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा नयाँ सञ्चालकका लागि निर्वाचन हुने भएको छ । बैंकको निर्वाचन प्रक्रिया रोक्न भन्दै सर्वोच्च अदालतमा परेको रिट खारेज भएपछि बैंकमा नयाँ सञ्चालकका लागि निर्वाचन हुने भएको छ ।
सञ्चालकको निर्वाचनका लागि बैंकको सञ्चालक समितिको बैठकले फागुन १५ गते समय तोकेको छ ।
सोही दिन बैंकको ३८औँ वार्षिक साधारण सभा हुनेछ भने सभाले संस्थापक सेयरधनीहरुबाट ४ जना र सर्वसाधारण सेयरधनीहरुबाट २ जना गरी कुल ६ जना सञ्चालकको निर्वाचन गर्ने भएको छ । साधारण सभा तथा निर्वाचन फागुन १५ गते बिहान १० बजे काठमाडौँको राष्ट्रिय सभा गृहमा हुने तय भएको छ ।
यसअघि सञ्चालकको योग्यतामाथि प्रश्न उठाउँदै प्राध्यापक डा. ताराप्रसाद सापकोटाले नेपाल इन्भेष्टमेन्ट मेगा बैँक लिमिटेड, नेपाल इन्भेष्टमेन्ट मेगा बैँक संचालक समिति, नेपाल इन्भेष्टमेन्ट मेगा बैँक लिमिटेडको संचालक समितिको निर्वाचन गराउन नियुक्त निर्वाचन अधिकृत शिव कुमार श्रेष्ठ, पृथ्वी बहादुर पाँडे, प्रजन्य राजभण्डारी, मुक्तिराज पाण्डे, मदनकुमार आचार्य, बरुण श्रेष्ठ, पर्वतकुमार कार्की/रवि महर्जनलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए ।
सोही रिटमाथि सुनुवाइका क्रममा सर्वोच्चले जारी गरेको अन्तरिम आदेशका कारण निर्वाचनको कार्य स्थगित भएको थियो । तर, पछि अदालत रिट खारेज गरिदिएको थियो । रिट खारेज भएसँगै बैंकले पुनः नयाँ सञ्चालकका लागि निर्वाचन गर्न लागेको छ । तर, यसपालि पनि निर्वाचनमा फेरि लफडा हुने संकेत देखिएको छ । स्वयम् बैंककै उच्च पदाधिकारीलेसमेत यसपालि पनि सञ्चालकको निर्वाचनको विषयलाई लिएर लफडा पर्ने संकेत देखिएको बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्