×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्से प्रमुख कार्कीको पदावली सकियो, ‘आए, खाए, गए… बजारका लागि सिन्को भाँचेनन्’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेप्से प्रमुख कार्कीको पदावली सकियो, ‘आए, खाए, गए… बजारका लागि सिन्को भाँचेनन्’

Artha Sarokar

२३ माघ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सिइओ कृष्ण बहादुर कार्कीको कार्यकाल सकिँदैछ । २०७८ माघ १७ गते मन्त्रिपरिषद् बैठकले नेप्सेको सिइओमा नियुक्त गरेका कार्कीको कार्यकाल यही शुक्रबार सकिन लागेको हो । 

कार्कीले नेप्सेमा आफ्नो तीन वर्षे कार्यकाल सकाएका हुन् । तर, नेप्सेमा तीन वर्ष बिताउँदै गर्दा उनले सेयर बजार र लगानीकर्ताका लागि भने खासै केही नगरेको लगानीकर्ताहरु बताउँछन् । 

नेप्सेको सिइओको नियुक्ति लिँदै गर्दा उनले बजार विकासका लागि नेप्सेको पुनर्संरचना गर्ने प्रतिबद्धता जनाएका थिए । तर, उनको कार्यकालमा नेप्सेको पुनर्संचरना हुनुको साटो उल्टै नेप्सेको सिस्टममा समस्या नै समस्या देखिएको छ । सिस्टममा देखिएको समस्याका कारण लगानीकर्ताहरुले नेप्सेको विकल्पमा नयाँ स्टक एक्सचेञ्जको माग गर्दै आएका छन् ।

त्यस्तै, सिइओ कार्कीले डेरिभेटिभ प्रोडक्ट लन्च गर्ने र नेप्सेलाई अन्तराष्ट्रिय स्तरको एक्सचेञ्ज बनाउने बताएका थिए । तर कार्कीकै कार्यकालमा नेप्से झन् बिग्रिएको स्वयम् नेप्सेका कर्मचारीहरुले बताएका छन् । 

‘सिइओ सापको कार्यकाल खासै फलदायी भएन । काम नभएका होइनन् तर काम लाग्ने केही काम भएनन् ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै नेप्सेका एक कर्मचारीले भने, ‘उहाँ नेप्सेमा आउनुभयो, जागिर खानुभयो, अहिले जाँदै हुनुहुन्छ । तर सेयर बजार र लगानीकर्ताका लागि नेप्सेबाट जे हुनुपर्थ्यो/गर्नुपर्थ्यो, त्यो उहाँले गर्नुभएन ।’  

यसो त कार्की नेप्सेको सिइओ रहेकै बेला नेप्सेमा एउटा काम देखिने गरी भयो । नेप्सेले आफ्नो प्राङ्गढमा ‘चार्जिङ बुल’ को प्रतिमा राख्यो । तर, चार्जिङ बुल भन्दै नेप्सेले ‘बाछो’ बनाएर करोडौँ घोटाला गरेको आरोपसमेत लागेको छ । जुन बाछोको चर्चा अहिले पनि सेयर बजारमा चलि नै रहेको छ । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी