काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १०.९८ अंकले घटेर २६७७.३२ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय २२ कम्पनीको एक करोड ४४ लाख ४३ हजार ७ सय ६५ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ९६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल रिपब्लिक मिडिया लिमिटेडको भएको छ । यस कम्पनीको २४ करोड ४४ लाख ७८ हजार ९९ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।
त्यस्तै, सोमबारको बजारमा न्यादी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।
यता, बोटलर्स नेपाल (बालाजु) लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । आजको बजारमा बोटलर्स नेपाल बालाजुसहित दुई कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्